विन्ध्यवासिनी मन्दिरको स्वरुप

विन्ध्यवासिनी मन्दिरको स्वरुप

विन्ध्यवासिनी धार्मिक परिसरको ठीक मध्यभागमा रहेको करिब २५ फट अग्लो डबलीमाथि गुम्बज शैलीमा निर्मित सेतो रंगको अष्टकोणाकार मन्दिरले माता भगवतीको साकार एवम् निराकार स्वरुपलाई संकेत गर्दै आएको छ । मन्दिरको गजुरबाट तल झर्दै आएको तामाको श्रीबन्दीले ममतामयी माताको पाउ छुन लालायित भएको आभास दिए जस्तो देखिन्छ । मन्दिरको चारै भागमा रहेका पित्तलका पालाहरु र विं.सं १८९७ देखि यता विभिन्न तिथि मितिमा राखिएका ६ वटा घण्टहरु आमाकै सेवामा प्रयोग गरिँदै आएका छन् । जसमध्ये सबैभन्दा पुरानो विं.सं १८९७ मा मोहरिया टोल निवासी दशरथ कासाजूले तयार गरी बनेपा बक््रmी टोल थाननिको पाखरा सिंहनाथ टोल बस्ने रामकृष्णाले चढाएको देखिन्छ । जसले दिनहुँ माताका भक्तहरुलाई प्रातः कालमा चाँडै उठ्नको लागि र घण्टका ध्वनिले आनन्दित गर्न मद्दत गर्दै आएको बुझिन्छ । मन्दिरको द्वार अगाडि दायाँ र बायाँ भागमा स्थापित पित्तलनिर्मित दुई सिंहका आकृतिले भगवती मातालाई असुरद्वारा हुन सक्ने क्षतिबाट बचाउने कडा पहरेदारको रुपमा लिन सकिन्छ । मन्दिरको भित्री भागमा श्री यन्त्र आकारको गुम्बजलाई कलात्क रुपले छापिएको पित्तलको कारणले देख्न नसकिए तापनि आन्तरिक सजावटमा यो अद्वितीय सावित भइरहेको छ । अष्टभुजाकारमा विभिन्न शस्त्रास्त्र धारण गरेकी ममतामयी माताको दिव्य स्व्रुप मूर्तिले प्रेम र ममताको साकार अभिव्यक्ति दिएजस्तो लाग्दछ । अति सुन्दर यो मूर्ति कहिले र कसले निर्माण ग¥यो भन्ने यकिन गर्न नसकिए तापनि पूजाअर्चना सञ्चालन गर्दै आएका ब्राह्मणहरुले प्राप्त गरेको सनद् सवाल तथा लालमोहरलाई आधार मान्ने हो भने करिब २३० वर्ष अगाडि यो मन्दिरको यसै रुपमा निर्माण भएको अनुमान गर्न सकिन्छ । मन्दिर वरिपरि प्रदक्षिणा पथ निर्माण गरी त्यसमा रहेका बिम तथा पिल्लरहरुमा पित्तलका कलात्मक स्वरुपका पथ निर्माण गरी त्यसमा रहेका बिम तथा पिल्लरहरुमा पित्तलका कलात्मक स्वरुपका फ्रेम जडान गर्ने कार्य तीव्र रुपमा भइरहेको छ । मन्दिरको चारैतिर पेटी रहेकोले प्रत्येक आश्विन र चैत्र शुक्ल पूर्णिमाको दिन विन्ध्यवासिनी धार्मिक पूजा समिति द्वारा भगवतीको पूजाआजा, हवन तथा नवचण्डी र शतचण्डी हुने गर्दछ । प्रदक्षिणा पथले भक्तजनहरुलाई घामपानी तथा शीतबाट जोगाउन मद्दत गरेको छ । अनुष्ठान २०७४ बाट सुरु गरेको छ । भगवती माताको स्वरुप श्री विन्ध्यवासिनी माताको मन्दिर रहेको थुम्को विन्ध्याचल पर्वतकै जस्तो प्रतीक कहो । जमिनको सतहमाथि करिब चार फिट अग्लो ढुङ्गाको चुतुष्कोणाकारको पेटी उठाएर त्यसमाथि अष्टकोणाकारको योजनामा माताको मन्दिर तयार गरिएको छ । यस मन्दिर यस क्षेत्रकै घण्टाकै आकारमा निर्मित एउटा सुन्दर नमुनाको रुपमा रहेको छ । मताको स्वरुपको मूर्ति मन्दिरभित्रको उत्तरपट्टिको भित्तामा स्थापना गरिएको छ । यो मूर्ति कालो ढुङ्गामा बनेको छ । ढुङ्गाको गुणस्तर र निर्माण शैली हेर्दा सेन शैली अनुरुप बनेको जस्तो देखिन्छ । श्री विन्ध्यवासिनी माताको यो मूर्ति एकपत्रे उध्र्वपद्म पीठमाथि समपादमा उभिएको छ । यस स्वरुपमा आठ वटा हातहरु छन् । तीमध्ये दाहिने हातहरुमा तल देखि माथि सम्म क्रमशः पद्म, त्रिशुल, खड्ग तथा वाँण र बायाँपट्टिका हातहरुमा तलदेखि माथि क्रमशः चक्र, गदा, ढाल तथा धनुष रहेका छन् । माताको मूर्तिको शिर वरिपरि वृत्तयुक्त ज्वालामुखी भएको प्रभामण्डल अङ्कित गरिएको छ । स्वरुप हेर्दा मूर्तिको प्रतिमा नवदुर्गासँग मिल्दछ । देनिक शोडषोपचारले पूजा गरिने हुँदा माताको स्वरुप अत्यन्त सुन्दर देखिन्छ । दैनिक आउने भक्तहरु माताको प्रत्यक्ष दर्शन गर्न पाउँदा आफूलाई गौरवान्वित भएको ठान्दछन् । निकै आनन्दित हुने गर्दछन् । विभिन्न आकाङ्क्षा राखेर माताको दर्शन गर्न आउने भक्तहरु मन प्रफुल्ति हुँदै जाने गर्दछन् । शान्ति मिलेको महसुस गर्दछन् । सर्वस्वरुपा, शक्तिस्वरुपा, महालक्ष्मी, महाकाली, महासरस्वती, महागौरी आदि जे जति नामले मातालाई पुकारिन्छ । तिनै भक्तको दुःख, दर्द एवं पीडालाई शान्ति पार्न माताको स्वयं उपस्थिति प्रतिमाले प्रत्यक्ष आभास दिने गरेको भक्तजनहरु बताउँछन् ।