विन्ध्यवासिनी मन्दिर स्थापनाका प्रामाणिक आधारहरु

विन्ध्यवासिनी मन्दिर स्थापनाका प्रामाणिक आधारहरु

विन्ध्यवासिनी माताको स्थापना हुँदाको समयमा कुनै शिलालेख निर्माण नभएकोले यकिन रुपमा स्थापना तिथि÷मितिसहितको प्रमाण पत्ता लाग्न सकेको छैन । तापनि विन्ध्यवासिनीको मन्दिर स्थापना भए पश्चात् अग्रज तथा पूजारीहरुबाट सुन्दै आएका कुराहरुलाई पनि प्रमाणको रुपमा लिँदै आएको पाइन्छ । विन्ध्यवासिनी मन्दिरमा चढाइएका घंटहरु, यसअघि प्रकाशित हुँदै आएका कृतिहरुमा उल्लेखित कुराहरु नै बलियो प्रमाणका आधारमा मान्न सकिन्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नु अगाडि नेपालमा बाइसे÷चौबिसे राजाहरुले राज्य गर्दै आएका थिए । यिनैमध्ये कास्कीकोटका राजा सिद्धिनारायण शाह पनि हुन् । उनी विं.सं १८४२ मा चारधामको यात्रका लागि भारतमा गएका थिए । यसै समयमा उनले बद्री केदार, रामेश्वर, द्वारका, जगन्नाथपुरी आदि तीर्थमा पुगेका थिए । त्यसपछि उनले काशीको दर्शन गर्न आए । काशीमा भएको सबै तीर्थस्थलहरुको दर्शन गरी त्यसै नजिक रहेको अन्नपूर्णाको मन्दिरमा पुग्दा श्रीमद्देवी भागवत महापुराण चलिरहेको थियो । राजाले नवौं दिन बसेर आफ्ना सहयोगी साथ कथा पुराण श्रवण गरे । उक्त प्रवचनको प्रभावले राजा अन्नपूर्णा देवीको नजिकको भक्त बन्न पुगे । उनी त्यहाँबाट माताको दर्शन गर्न विन्ध्याचल पर्वतमा गए । त्यहाँ माता भगवतीको दर्शन गरेपछि उनलाई पूर्ण शान्तिको अनुभूति भयो । केही समय त्यही बसेर देवीको आराधना गर्दा देवी प्रशन्न भएर विन्ध्याचलका राजालाई राति सपनामा हिमालयको काखबाट आएका मेरा भक्त सिद्धिनारायण शाहलाई मेरो स्वरुप समानको मूर्ति बनाएर उनलाई दिनु भन्ने आदेश भयो । भोलिपल्ट विन्ध्याचलका राजाले सिद्धिनारायण शाहलाई भेटेर सपनामा भगवतीले भन्नु भएको सारा वृतान्त बताइदिए । केही दिनपछि राजाले मूर्ति ल्याई त्यहाँको परम्परा, विधि बमोजिम शोडषोपचारले पूजा गरी सिद्धिनारायण शाहलाई नेपाल लैजाने अनुमति दिएका थिए । सोही बमोजिम राजा शाहले आफ्ना सहयोगीका साथ धेरै महिना लगाएर त्याउने क््रmममा यसै पोखराको विन्दु –हाल भगवती विराजमान हुनुभएको स्थान) मा आईपुग्दा रात प¥यो । त्यही बास बसेर बिहान सबेरै नित्यपूजा सकेर माता भगवतीको मूर्ति उठाउन लाग्दा उठाउन सकेनन् । केही नलागेपछि राजा स्वयंले यही विन्दुमा नै उक्त मूर्ति स्थापना गरका हुन् । त्यसै बेलादेखि नै विन्ध्यवासिनी भगवतीको नित्य रुपमा शोडषोपचारले पूजा÷अर्चना हुँदै आएको हो भन्ने किंवदन्ती छ । यसरी नै अर्को एक किंवदन्ती अनुसार कुनै समय पोखरा उपत्यका जलले भरिएको थियो । सबै ठाउँ जलमग्न भएको थियो तर एउटा सानो टापुजस्तै स्थान जलले ढाकिन बाँकी रहेको थियो । जसलाई देख्दा मानौं कुनै तलाउमा फूलेको कमलको फूल जस्तै शोभायमान देखिन्थ्यो । यसै स्थानमा वर्तमान माता श्री विन्ध्यवासिनीको मन्दिर थियो र त्यहाँ कास्की जिल्ला आसपासका छिमेकी राजा÷महाराजाहरु डुङ्गाको माध्यमद्वारा माताको दर्शन गर्न आउने गर्दथे । यो भगवतीको मूर्ति परापूर्वकाल देखि यसै विन्दुमा रहेको थियो । यसै विन्दुमा रहेकी हुनाले विन्दुवासिनी नामाकरण हुन गयो । वर्तमान समयमा आउँदा यसको नाम विन्ध्यवासिनी भएको हो भन्ने जनश्रुति पनि रहेको छ । यसरी विन्ध्यवासिनी मन्दिर कहिले स्थापना भयो , भगवतीको मूर्ति कहाँबाट कसरी आयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती सुनिन आए तापनि कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले विन्ध्याचल पर्वतबाट माताको मूर्ति कास्कीकोट लैजाने क््रmममा हाल भगवती भएको विन्दु (स्थान) मा आई बास बस्दा राति सपनामा भगवतीले यही बस्न इच्छा प्रकट गरेकोले उक्त समयदेखि अर्थात् विं.सं १८४५ मा मन्दिर निर्माण गरी पूजारीको व्यवस्था गरेर तिम्रा परिवारहरुले मन्दिरमा पूजाआजा गरी खानु भन्ने उल्लेख भए अनुसार नै पूजारीहरुबाट नित्य पूजाआजा चलाउँदै आएका हुन् भन्ने भनाई पनि छ । ऐतिहासिक कालदेखि नै मठमन्दिर तथा स्थानीय देवी देवतालाई थुम्कोमा स्थापना गरेर पूजा गर्ने प्रचलन रहिआएको पाइन्छ । विन्ध्यवासिनी मन्दिरको थुम्कोमा पनि मन्दिर स्थापनापूर्व आस्थाको आधारमा पूजाआजा हुँदै आएको र पछि मन्दिर निर्माण पछि यसले व्यापकता पाएको सहजै अनुमान गर्न सकिन्छ । विन्ध्यवासिनी मन्दिर स्थापना भएपछि दाहिने पट्टि राखिएको घण्टमा नेपालीया संवत् ९३१ श्री संवत् १८९७ श्री शाके १७६२ साल मिति फाल्गुन सुदिं १ रोज १ मा श्री गणेशाय नमः श्री देवी नमो दुर्गै देवी जगतमाता जगदान्दैवि घण्टा पनेनं सुप्रिता रक्षा सना । श्री श्री श्री श्री श्री श्री श्री विन्ध्यवासिनी महामायाका थानमा बनेपा बक््रmी टोल थाननिको पोखरा सिंहनाथ टोल बस्ने रामकृष्णले घंट १ चढायाँ शुभ कालिगर पोखरा मोहरियाको दशरथ कासाजु भन्ने उल्लेख छ । अरु बाँकी इतिहासको दस्तावेजमा छ । यिनै आधारलाई हेर्दा यस मन्दिरको इतिहाँस २५० वर्षभन्दा लामो रहेको अनुमान गर्न सकिन्छ ।