गणेश मन्दिर

गणेश मन्दिर

गणेश मन्दिर

विन्ध्यवासिनी परिसरमा रहेको पुरानो मन्दिरमध्ये श्री गणेशजीको मन्दिर पनि प्रमुख हो । विन्ध्यवासिनी मन्दिर देखि पूर्व र हनुमान मन्दिरको ठीक उत्तर दिशामा रहेको छ । हिन्दु संस्कार अन्तर्गत गरिने पूजापाठ, पुराण लगायतका अनुष्ठानहरुको थालनी गर्दा सर्वप्रथम गणेशजीको पूजा÷आराधना गरेपछि मात्र अन्य देवीदेवताको पूजा÷आराधना गरिन्छ । सोही मुताबिक विन्ध्यवासिनी मन्दिर परिसर प्रवेश गर्नासाथ सुरुमा नै गणेशजीको मन्दिर रहेको हुन सक्दछ । विघ्नहर्ता गणेश भगवान्को दर्शन पश्चात् भक्तजनहरु अन्य देवदेवीहरुको दर्शन गर्ने गर्दछन् । विशेषगरी मङ्गलबार, मङ्गलचौथी र गणेश चौथीका दिन भगवान् गणेशजीको मन्दिरमा दर्शन गर्ने भक्तजनहरुको बढी भिड हुने गर्दछ । श्रीगणेश भगवान्को महिमालाई अझ व्यापक बनाउन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले गणेश चतुर्थीको दिन शोडषोपचार विधिले पूजा–आजा गरी भजन कीर्तन सहित गणेश पूजनोत्सव मनाउँदै आएको छ । धुमधामका साथ मनाइने उक्त महोत्सवमा श्रद्धालु भक्तजनहरुको सहभागिता बाक्लो रुपमा हुने गरेको छ । वरिपरि चाँदीका नागले सुरक्षित रहनु भएका विघ्नहर्ता गणेशजकिो पूजा÷आराधना गर्नाले धन, द्रव्य मिल्ने, दुःख कष्ट हरण हुने र पुत्र–पौत्रादि मिल्ने भनी पूर्ण विश्वास गर्दै विशेष पर्वका साथ गणेश चतुर्थी मनाउँदै आएको देखिन्छ । गणेश मन्दिर दायाँबायाँ पित्तल धातुले निर्मित गणेशजीका बाहनका रुपमा दुई मुसाहरु द्वारमा रहेका छन् भने प्रवेशद्वार र भित्री भित्ता पित्तल धातुले कलात्मक रुपले निर्माण गरिएको छ भने मन्दिर साधारण शिखर शैलीको रहेकोले निकै आकर्षक देखिन्छ । यस मन्दिर जमिनको सतहदेखिको वेस १९ फिट लम्बाई रहेको छ । बेसको उचाई २२ इन्च रहेको छ । वेसको भित्री कोण करिव ५ फिट रहेको छ । ४ फिट ८ इन्च वेसबाट मन्दिरको उचाई ९ फिट ६ इन्च रहेको छ । त्यसबाट उठेको गुम्वज ४ फिट उठेर गजुर समावेश गरिएको छ । घण्ट आकारको गजुर रहेको छ । यस मन्दिरको भित्री भाग चार कोणमा ५३ इन्च र ५० इन्चमा रहेको छ । गणेशजीको मुर्ति २९ इन्च उचाई र चौडाई २७ इन्च ४ लाइन रहेको छ । गणेश मन्दिरको भत्री ढोकाको साइज चौडाई २७ इन्च रहेको छ । तोरणको लम्बाई ४३ इन्च र चौडाई २४ इन्च तथा छत्र १० इन्चको रहेको छ । गणेश मन्दिरको गुम्वज अष्टकोण भएर ४७ इन्च माथि रहेको छ ।