हनुमान मन्दिर

हनुमान मन्दिर

हनुमान मन्दिर

पूर्वीद्वार विन्ध्यवासिनी मन्दिर परिसर प्रवेश गर्ने वित्तिकै हामीले संकटमोचन कर्ता हनुमान वा अष्टचिरञ्जीवी मध्येका एक पात्रको सुरुमा दर्शन गर्न पाउँछौं । गणेश मन्दिरको अग्रभागमा रहेको यो मन्दिरमा आउने भक्तजनहरुको सुविधाको लागि हनुमान चालिसाको श्लोकलाई शिलालेखमा उतारिएकोले सहजै पाठ गर्न सकिन्छ । जन्मदिनमा जन्मोत्सव गरी मनाउने जो कोहीले पनि हनुमानजीको पूजा÷आराधना गर्दछन् । संकट वा दुःख दारिद्र्यलाई हटाउने, आयु, आरोग्य तथा शक्ति र भक्तिका लागि सबैले रामभक्त हनुमानजीको पूजा÷आराधना गर्दछन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विन्ध्यवासिनी क्षेत्रको चौतर्फी विकास, सम्वर्धन र संरक्षण गर्दै आएकोले पर्व विशेषका पूजाहरुमध्येमा हनुमान जयन्तीका दिन भव्य रुपले हनुमानको पूजा÷अर्चना गर्ने प्रचलन छ भने उक्त पूजनमा भक्तजनहरुको उल्लेख्य सङ्ख्यामा उपस्थिति हुने गर्दछ ।