सीताराम मन्दिर

सीताराम मन्दिर

सीताराम मन्दिर

राधाकृष्ण मन्दिरको पश्चिमतर्फ श्री सीताराम भगवानको सुन्दर जोडी रहेको छ । अत्यन्तै कलात्मक रुपमा निर्मित उक्त मन्दिरको दर्शन गर्न दिनहुँ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । त्रेतायुगको झलक देखिने, आदर्श पाठ सिक्न र पतिव्रता नारीको दर्शन गर्न सकिने श्री सीतारामको पूज ागर्न आन्तरिक एवं बाह्य धार्मिक पर्यटकहरु समेत आउने गर्दछन् । विशेषगरी चैत्र शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्मपर्व विशेष पूजा–आजा भजन कीर्तन गरी हर्षोल्लासका साथ मनाउने परम्परा विगत केही वर्ष यता समितिले बसाल्दै आएको छ । उक्त दिन श्रद्धालु भक्तजनहरु राम नवमी पर्वको उपासना, पूजा÷आराधना गर्दै भजनकीर्तन गरी रातभर जाग्राम बस्ने गर्दछन् । यसरी कलात्मक एकीकृत भवनभित्र राधाकृष्ण, लक्ष्मीनारायण र सितारामको मन्दिर स्थापनाले भक्तजनहरुलाई पूजा÷आराधना गर्न सरल भएको छ भने आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षणको केन्द्रको रुपमा विकसित हुँदै गएको छ । यो कलात्मक मन्दिरको निर्माणमा भीमसेन टोलवासी भारी परिवारको उल्लेख्य सहभागिता रहेको छ ।