सरस्वती मन्दिर

सरस्वती मन्दिर

सरस्वती मन्दिर

विन्ध्यवासिनी मन्दिरको पूर्वपट्टि रहेको पाञ्चायन मन्दिर र सरस्वती मन्दिरलाई विस्थापित गरेर ईशान्य कोणमा नवनिर्मित मन्दिरलाई सबैले सरस्वती मन्दिरको नामले चिन्दै आएका छन् । उक्त मन्दिरको अग्रभागमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्ति रहेको छ । यसको पूर्वमा भगवान सूर्यदेवको मूर्ति, पश्चिममा विष्णु भगवान र उत्तरमा शिव भगवानको मूर्ति राखिएको छ । यस मन्दिरमा पनि दैनि दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । यस मन्दिरको दर्शन गर्दै उत्तरतर्फ फर्केर मनोरम हिमश्रृङ्खला र पहाडी भू–भागको दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउनेहरुको भिड लाग्ने गर्दछ । विगत केही वर्षयता समितिले वसन्त पञ्चमी (श्रीपञ्चमी) का दिन बडो हर्षोल्लासका साथ सरस्वती पूजनोत्सव मनाउँदै आएको छ । यसदिन विशेषगरी स्कूल तथा कलेजमा अध्ययन गरिरहेका छात्र छात्राहरुको बढी भिड लाग्ने गर्दछ । समितिले यस मन्दिरको उत्तरपट्टि घण्टहरु झण्डाउने कार्य सुरु गरी आकर्षक बनाउँदै लगेको छ । सरस्वती पूजनोत्सवका दिन प्रसाद वितरण गर्ने व्यवस्था रहेको छ ।