श्री लक्ष्मीनारायण मन्दिर

श्री लक्ष्मीनारायण मन्दिर

श्री लक्ष्मीनारायण मन्दिर

एकीकृत कलात्मक भवनको मध्यभागमा श्री राधाकृष्णको मूर्ति रहेको छ भने ठीक त्यसैको पूर्वी भागमा श्री लक्ष्मीनारायण भगवानको मूर्ति रहेको छ । सत्य युगको सम्झना गराउँदै सुख सम्बृद्धि भित्र्याउने विश्वासका साथ श्री लक्ष्मीनारायण भगवानको दर्शन गर्न, पूजा÷आराधना गर्न दिनहँु श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । कलात्मक शैलीमा निर्मित भवनभित्र रहको उक्त मन्दिर देख्ने बित्तिकै मन लक्ष्मीनारायणसँग प्रत्यक्ष दर्शन भएको अनुभूतिगर्न सकिन्छ । लक्ष्मीनारायण भवानको सेवा, आराधना, पूजा÷अर्चना गर्नाले धन दौलत वृद्धि हुने र पाप नष्ट हुँदै जाने विश्वासका साथ दर्शनार्थीहरु दर्शन गर्न आउने गर्दछन् । समितिले विगत केही वर्षयता कार्तिक कृष्ण अमावश्याका दिन धनधान्य देवीका रुपमा लक्ष्मी माताको विशेष रुपले हर्षोल्लासका साथ पूजा÷आराधना गर्दै आएको छ । उक्त पूजामा भक्तजनहरुको उल्लेख्य सहभागिता हुन गर्दछ ।