शिव मन्दिर

शिव मन्दिर

शिव मन्दिर

श्री विन्ध्यवासिनी मन्दिरको पश्चिमतर्फ एक सत्सङ्ग कक्ष तथा शिव मन्दिर रहेको छ । मुलुकको शान्तिको कामना गर्दै प्रत्येक दिन भगवान शिवजीको षोडशोपचारले पूजा÷आराधना गर्ने गरिन्छ । नित्य बिहान ५ः०० बजेदेखि ७ः०० बजे सम्म सञ्चालन हुने विशेष पूजा वेद विद्याश्रमका ब्रह्मचारी (हाल स्वामी श्री निःशेषानन्द) युगल किशोर, प्राचार्य गुरु, तथा बटुकहरुद्वारा सम्पन्न हुँदै आएको छ । उक्त समयमा कर्ता बनेर रुद्राभिषेक गर्ने भक्तजनहरुका लागि समितिले शुल्क तोक्ने र सोको लागि आवश्यक पूजा सामग्री तथा गुरु÷बटुकहरुको व्यवस्था समेत रहेकोले हालका समयमा रुद्राभिषेक गर्ने भक्तजनहरुको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । विशेषगरी आराध्यदेव भगवान् साम्वसदाशिवजीको पूजा÷आराधनाबाट मानसिक अशान्ति, शारीरिक रोग निवारण तथा सामाजिक प्रतिष्ठाको अलावा ग्रह शान्तिको साथै वृत्ति विकास समेतका लागि यस मन्दिरमा रुद्राभिषेक गर्ने भक्तजनहरु टाढाटाढा बाट आई प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेका छन् । आजभन्दा करीब २८ वर्षअघि पोखराका धर्मानुरागीहरुको सहयोगमा श्री विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विशेष विधिका साथ निर्माण गरेको भगवान शिवजीको मन्दिर कलात्मक शैलीको पनि भएकोले आन्तरिक एवं बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । विगत केही वर्षयता समितिले श्रावण महिनाभर शिव पूजनोत्सव पर्वको रुपमा शिवजीको पूजा÷आराधना एवम् रुद्राभिषेक सञ्चालन गर्दै आएको छ । षोडशोपचार विधिले शिवजीको पूजा गर्ने दैनिक ११११ बेलपत्र अर्पण र हवन समेत हुने गर्दछ । यसरी नै प्रत्येक सोमबार ११११ बेलपत्रको साथमा १०८ कमलपुष्प र अन्तिम सोमबार १००८ कमल पुष्प समेत अर्पण गर्ने गरिन्छ । समितिका सदस्य, वेद विद्याश्रमका गुरु एवं बटुकहरु, विभिन्न आमा समूहहरु, भक्तजनहरु, पञ्चेबाजा, भजन समूह सहित साही बार बिहान ६ः०० बजे भजनकीर्तन साथ गाईघाट जाने र कलशमा जल लिएर भजनकीर्तन सहित शिवमन्दिरमा ल्याएर अर्पण गर्ने प्रचलन छ । यसरी श्रावण महिनाभर शिव पूजनोत्सव धुमधामका साथ मनाइन्छ भने प्रत्येक वर्ष शिवरात्रीका दिन शिवजीको जन्मपर्वको रुपमा हर्षोल्लासका साथ मनाउने गरिँदै आएको छ । यसको लागि समितिले विशेष व्यवस्थापन गर्ने गर्दछ । यस मन्दिर अगाडि भगवान् शिवजीको अत्यन्त प्रिय बाहन एवम् भक्त नन्दीजीको मूति पित्तलद्वारा निर्मित छ जुन अर्चलबोट आमा समूहद्वारा प्रदान गरिएको हो भने त्यसैको नजिक २६.५ फुट अग्लो त्रिशुल र सोमा शिवजीको अत्यन्त प्रिय डम्मरु समेत स्तम्भन गरिएको छ । त्यसैले यो मन्दिर श्रद्धालु भक्तजनहरु एवम् आन्तरिक र बाह्य पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ ।