राधाकृष्ण मन्दिर

राधाकृष्ण मन्दिर

राधाकृष्ण मन्दिर

विगतमा ३ तलाको भवनमा माथिल्लो तलामा सामानहरु राख्ने, बीच भागमा रामकृष्णकोे सानो पित्तल मूर्ति राखी पूजाआजा गर्ने, दायाँ बायाँ भजन कीर्तन तथा चतुर्मासको प्रवचन हुने गर्दथ्यो । पुराण वाचक श्री देवानन्द लगायतका विद्वान्, पण्डिटद्वारा बीचतलामा प्रवचन हुने र तल्लो तलामा तत्कालीन तहशिल (हालको मालपोत) का सहयोगी कर्मचारी बस्ने गर्दथे । समय बित्दै जाँदा भवन पुरानो हुँदै गयो र समितिले यस भवनलाई भत्काएर आधुनिक कलात्मक शैलीमा निर्माण गरेको हो । यस भवनको मध्यभागमा श्री राधाकृष्णको कलात्मक मूर्ति राखिएको छ । श्रद्धालु भक्तजनहरु मुलुककका विभिन्न स्थानहरुबाट प्रकृति र पुरुषको प्रतिनिधित्व गर्दै प्रेमको पाठ पढाउने राधाकृष्णको दर्शनको लागि आउने गर्दछन् । यसैगरी भारतीय तथा तेस्रो मुलुकबाट समेत दर्शन अध्ययन, अवलोकन गर्न आउनेहरुको दिनहुँ घुइँचो नै लाग्ने गर्दछ । विगत केही वर्ष यता विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले श्रीकृष्णजन्माष्टमीलाई एउटा महत्वपूर्ण पर्वको रुपमा लिँदै उक्त दिन श्रीकृष्ण जन्मपर्व भजनर्कीतन तथा विशेष पूजा÷अर्चना गरी हर्षोल्लासमय वातावरणमा मनाउँदै आएको छ । उक्त पर्वमा श्रद्धालु भक्तजनहरु व्रत बसी श्रीकृष्णको जन्म पर्वको रुपमा पूजा÷आराधना गर्ने गर्दछन् ।