पीपल चौतारी

पीपल चौतारी

पीपल चौतारी

गणेश मन्दिरको ठीक अग्रभागमा पीपल वृक्ष सहितको चौतारी शताब्दीऔं भन्दा बढी वर्षदेखि रहिआएको छ । परापूर्वकाल देखि निर्मित यो चौतारीमा पीपल वृक्ष रहेकोले प्रत्येक शनिबार र अझ त्यसमा त्रयोदशी तिथि परेको दिनमा शनित्रयोदशी प्रदोष व्रतालुहरुले बिहान सबेरै पीपलको पूजापाठ गरी जल अर्पण गर्ने गर्दछन् । विष्णु भगवानको स्वरुप मानी पीपल पूजा गर्नेहरु विशेषगरी शनि दशा नराम्रो र साढेसाती दशा लाग्नेहरुले दशा शान्तिको लागि व्रत बस्ने, पीपलमा जल चढाउने र दान गर्ने गर्दछन् । त्यसैले यो चौतारीमा विशेषगरी शनिबार पूजा अर्चनका लागि अत्यधिक भिड लाग्ने गर्दछ । यस चौतारीमा बसेर विगतमा पण्डितहरुले देवी भगवतीको पाठ गर्ने त्यसको व्याख्या एवं प्रवचन दिने गर्दथे भने हालका समयमा भक्तजनहरु पीपल पूजा र दर्शनका लागि आउने गर्दछन् ।