अष्टचिरञ्जीवी एवम् नवग्रह मन्दिर

अष्टचिरञ्जीवी एवम् नवग्रह मन्दिर

अष्टचिरञ्जीवी एवम् नवग्रह मन्दिर

शिव मन्दिरको बायव्य कोणको सत्सङ्ग कक्षमा विगतमा स्थापना गरिएको अष्टचिरञ्जीवी र नवग्रहको मन्दिरलाई हाल व्यवस्थित रुपले विधिपूर्वक पूजा÷आराधना गरी भित्ताको टाँसीमा स्थापना गरिएको छ । विशेषगरी मङ्गलबार, शनिबार तथा व्यक्तिको जन्मदिनको दिनमा अरिष्ट ग्रहहरु शान्तिको लागि विधिपूर्वक पूजा÷पाठ एवं दान गर्न आउने भक्तजनहरुको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको छ । भक्तजनहरुको सुविधाको लागि समितिले निर्धारण गरेको शुल्क तिरी आश्रमस्थित गुरु÷बटुकहरुद्वारा जन्मोत्सव, ग्रह शान्ति, पाठ÷पूजा गराइने भएकोले भक्तजनहरु ग्रह शान्ति पाठ÷पूजा गराएर लाभान्वित हुने गरका छन् । यसरी अष्टचिरञ्जीवी र नवग्रह मन्दिरको स्थापनाले एउटै परिसरबाट देवी–देवताको दर्शन, पूजापाठ, ग्रह शान्ति सम्पन्न गर्न सहज भएको देखिन्छ । विगत केही वर्षयता कालसर्प योग परका व्यक्तिहरुले उक्त योगको असरबाट बच्न स्वस्ति शान्ति पूजा–आजा, पाठ–पारायण गर्ने सुविधा समेत पाउन थालेका छन् । विद्याश्रमस्थित गुरु तथा बटुकहरुद्वारा कालसर्प दोष शान्ति गर्न चाहनेका लागि सेवा प्रदान गर्ने कार्य यसै शिव मन्दिरबाट हुने गरेको र हजारौं भक्तजनहरु यसबाट लाभान्वित हुने गरेका छन् ।