काल सर्पयोगका बारेमा जान्नुपर्ने कुराहरु

काल सर्पयोगका बारेमा जान्नुपर्ने कुराहरु

28 सेप 2020 9 07 बिहान

द्रष्टव्य – काल सर्पयोग भएमा स्वप्नमा हुने लक्षणहरु :

  • विभिन्न प्रकारका सर्प देखिनु ।
  • पानीका तलाउ, कुवा, नदी, समुद्रादि देखिनु
  • हरदम कुनै न कुनै अपशकुन देखिइरहनु ।
  • सर्प मार्नु, पानीमा बग्नु, झगडा गर्नु।
  • स्खबाट फल खसेको देख्नु, घर भत्केको देख्नु ।
  • विधवा स्त्री देख्नु, स्त्रीको काखमा मरेको बालक देख्नु ।

द्रष्टव्य:- काल सर्पयोग भएमा हुने विघ्नबाधाहरु :

  • जीवनभर संघर्ष गर्नुपर्ने
  • आफ्नो मन परेको वस्तु प्राप्त हुनुमा रोकावट हुनु
  • जीवन दु:खमय हुनु
  • मानसिक, शारीरिक, आर्थिक अवस्थाले ग्रसित हुन्‌
  • उन्नतिमा ह्वास आउनु
  • वैवाहिक सम्बन्धमा अवरोध आउनु
  • सन्तान नहुनु
  • लक्ष्मीको प्राप्ति दुर्लभ हुनु
  • व्यापारमा घाटा जानु
  • नोकरी प्राप्तिमा असम्भव हुनु
  • विभिन्न रोगले ग्रसित हुनु
  • परदेशमा भए भारी कष्ट पाउनु
  • परिवारमा कलह हुनु
  • कुल कुटुम्ब इृष्टमित्रबाट कष्ट मिल्नु
  • दाम्पत्य जीवन कष्टकर हुनु
  • अल्पायु हुने आदि ।

द्रष्टव्य:- काल सर्पयोग निदानका उपायहरु :

  • विशेष किसिमले नागको पूजा
  • शिव पञ्चाक्षर मन्त्रको जप
  • रुद्राभिषेक
  • मृत्युञ्जय र महामृत्युञ्जय मन्त्र जप र साधना
  • कालराज साधना, हवन, स्तुतिपाठ आदि ।

द्रष्टव्य:- रुद्राभिषेक महिमा र फल प्राप्ति :

  • निष्काम भावको पूजन – उत्तम – अनन्त फल मिलिरहने
  • कामना पूर्ति भावको भए निम्नानुसार फल प्राप्त हुने:-
    • जलले अभिषेक – वर्षा हुने
    • कुशजलद्वारा अभिषेक – सम्पूर्ण रोग व्याधी नष्ट हुने
    • दहीद्वारा अभिषेक – चौपाया प्राप्ति
    • उखु रसद्वारा अभिषेक – घोडा, व्यापार, समस्त कामना र लक्ष्मीको प्राप्ति
    • मह तथा घ्यूले अभिषेक – धन प्राप्ति
    • तीर्थका जलद्वारा अभिषेक – मोक्ष प्राप्ति
    • दुवद्वारा अभिषेक – सुयोग्य पुत्र प्राप्ति, दीर्घायु प्राप्ति, काकवन्ध्योन्निवृत्ति
    • दूध+तीर्थजल+चिनीद्वारा अभिषेक – सिद्धि प्राप्त
    • दूध+चितीद्वारा अभिषेक – मन्दबुद्धि, मन्दत्वपन हटने, बुद्धि श्रेष्ठ हुने
    • तोरीको तेलद्वारा अभिषेक – शत्रुमाथि विजय प्राप्ति
    • महद्वारा अभिषेक – पापको क्षय हुने
    • ध्यूद्वारा अभिषेक – सम्पूर्ण रोग मुक्ति